मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा हिन्दूहरूकाे महापर्व छठसम्बन्धी डकुमेन्त्री समावेश

भिडियो च्यालेन्जमा जम्मा १२ सांस्कृतिक भिडियाेहरू समावेश

संवाद डेस्क
मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा हिन्दूहरूकाे महापर्व छठसम्बन्धी डकुमेन्त्री समावेश

आदित्य पर्व छठ नेपालको एउटा प्रमुख र मिथिलाको सर्वप्रमुख पर्व हो । सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ । जीवन, जगत, प्रकृति,वनस्पति, ग्रहनक्षत्र, संवतसर, समय, काल सबैका कार्यकारक सूर्य नै हो । मिथिलांचलमा यस सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि–विधानानुसार परम्परागत रुपले पूजा गर्ने परम्परा छ ।
महिमामय छठ पर्वको शुभारम्भ कार्तिक शुक्ल पक्ष तृतियाको दिन देखि शुरु हुन्छ । पाँच–दिने छठ पर्वको पहिलो दिन व्रतालु महिला तथा पुरुषहरुले माछा–मासुका साथसौ लहसुन, प्याज रहित सात्विक भोजन ग्रहण गर्दछन् ।
सोही अनुसार छठ पर्वको दोस्रो दिन चतुर्थीमा छठ व्रतालुहरुले आफ्नो मन र शरीरलाई पवित्रिकरण गर्छन् जसलाई ‘नहाय खाय’ भनिन्छ । पञ्चमीको दिन सूर्यास्त पछि उपवास वसेका व्रतालुहरु गुड़–चामलले वनेको खिर र मौसम अनुसारको फलले सूर्य भगवानलाई पूजा–अर्चा गरी प्रसाद ग्रहण गर्ने गर्छन् । त्यस पश्चात् पूर्ण भक्ति भावका साथ आउँदो दिनको तयारीमा लागि पर्छन् । कात्र्तिक शुक्ल षष्ठी, छठको मुख्य दिन पूजा–स्थल— नदि–नाला, ताल–तलैया, पोखरी तथा जलाशयको बहुरंगी साज–सजावटमा व्रतालु लगायत सम्पूर्ण परिवारजन सूर्य–आवेष्ठित अध्र्य–सामग्री लिएर भक्ति भावका साथ उपस्थित हुन्छन् ।
लोकपूजा छठि–व्रत आदिपूजा हो र सम्यता संस्कृतिको साथै घेरैजसो अन्न र खाध–पदार्थको प्रचलन ठीक ढंगले नभएको अवस्थाको रहेको बुझिन्छ । अरुवा, सुथनि, बेसार, भन्टा नेवो, नारियल, ऊखू, तरकारीहरु नैवेद्यको रुपमा चढाउने गरिन्छ । सोही दिन छठ ब्रतालुहरु अस्ताउन लागेको सूर्यलाई जलाशयमा प्रवेश गरी अर्घ दिने गरिन्छ । पुनः सप्तमीको दिन छठ ब्रतालुहरु मिरमिरे विहानीमा उदयमान भगवान भास्करलाई अर्घ दिन छठी घाटमा उपस्थित हुन्छन् । सूर्य नउदाउन्जेलसम्म महिलाहरुले लोक गीतको माध्यमले विन्ती गर्छन् ।
‘उग हो सुरुज देव
अर्घ के बेरिया’
यसरी गीत नादका साथै प्रकाश रुपी आदित्य देव दिवाकरलाई स्तुतीगान गर्दै अर्घदान दिएर छठ पर्वलाई पूर्णाहूति दिइन्छ ।
आदित्य पर्व छठको मुख्य आश्यलाई केलाउँदा आदित्य भक्ति एवंम समर्पण भाव अति मनोहारी तथा वैज्ञानिक आध्यात्मिक महत्व परिलक्षित हुन्छ ।

उक्त महापर्वबारे कुमार भास्करले बनाएको भिडियो “वि विल राइज फाउण्डेशन”ले आयोजना गरेको मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा पिपुल च्वाइसमा मनोनित भएको छ । अन्य ११ भिडियो सहित सो भिडियो पनि टप १२ पर्न सफल भएको छ । पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार ९ गते साँझ ५ बजे अपलोड गरिएको छ भने
भिडियोहरुलाइ २०७६ असार १६ गते साँझ ५ बजेसम्म भोटिङ गर्न पाईने छ ।
उक्त भिडियोको फेसबुक लिंक यहाबाट पनि हेर्न सकिन्छ ।

Chatha Puja- Kumar Bhaskar

Chatha Puja- Kumar Bhaskar—————————————-मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरुलाई भोटिङ गर्ने नियमहरु– पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार ९ गते साँझ ५ बजे अपलोड गरिएको छ । – पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार १६ गते साँझ ५ बजेसम्म भोटिङ गर्न पाईने छ । – पिपुल च्वाइसका छनोट भएका भिडियोहरु We Will Rise Foundation को आधिकारिक फेसवुक पेज facebook.com/Nepal.We.Will.Rise र युट्युव च्यानल https://bit.ly/2RtiJVa मा अपलोड गरिनेछ । – हाम्रो आधिकारिक फेसवुक पेज र युट्युव च्यानलमा पिपुल्स च्वाइसका लागि छनोट भएका भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई मुख्य आधार बनाएर विजेता भिडियोको छनोट गरिनेछ । – हाम्रो आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा रहेको भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई अंकको आधारमा यसरी वर्गीकरण गरिएको छ ।– युट्युव लाइक, फेसबुक लाइक / रियाक्ट– ३० अंक– युट्युव भ्युज– २० अंक– फेसबुक भ्युज– १० अंक – भोटिङको अन्तिम समय २०७६ असार १६ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । यसपछि हुने कुनै पनि किसिमको भोटिङलाई गणना गरिने छैन । – भोटिङको बिषयमा कुनै किसिमको विवाद आएमा आयोजक को निर्णय नै अन्तिम हुने छ ।

Gepostet von हामी उठ्ने छौं-We will Rise am Sonntag, 23. Juni 2019

– संस्थाकाे आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा रहेको भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई अंकको आधारमा यसरी वर्गीकरण गरिएको छ ।

– युट्युव लाइक, फेसबुक लाइक / रियाक्ट– ३० अंक
– युट्युव भ्युज– २० अंक
– फेसबुक भ्युज– १० अंक

– भोटिङको अन्तिम समय २०७६ असार १६ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । यसपछि हुने कुनै पनि किसिमको भोटिङलाई गणना गरिने छैन ।

त्यस्तै यूटयूब भिडियाे यसरी हेर्न सकिन्छ ।

 

 

प्रकाशित: July 1, 2019

Leave a Comment