आफ्नै बाबुबाट छोरी बलात्कृत

Sambad desk
आफ्नै बाबुबाट छोरी बलात्कृत

असार २६,काठमाडाैं  – कञ्चनपुर,  पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् ।

छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेकी थिइन् ।कान्छी छाेरीले बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो माेबाइलकमा  देखेपछि उनले  आमालाइ  बताएको हाे । अामाले छिमेकीलाइ बताएपछि   घटनाकाे  सार्वजनिक भएको हो ।  उहाँले घटनाबारे छरछिमेकमा हल्ला चलाएपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताउनुभयो ।

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताए र  यस्ता पशुजस्तै व्यवहार  गर्ने  व्यक्तिमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने उहाँले  माग राख्नुभएकाे छ ।

छोरीकाे बलात्कार  गरेको आरोप लागेका ती   बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ ।

घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो ।

उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कारवाहीको प्रकृया अघि बढाइने बताउनु भएकाे छ ।

प्रकाशित: July 11, 2019

Leave a Comment