बार्सिलोनाले हुयस्कालाई ४-१ गोलले हराए

Sambad desk
बार्सिलोनाले हुयस्कालाई ४-१ गोलले हराए

२०७७ चैत्र ३ मंगलवार- स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोलले हराएको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक गोल फर्काए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७औँ खेलको कोशेढुंगा पार गरे ।

मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । हुयस्का २० अंकसहित पुछारमा छ ।

प्रकाशित: March 16, 2021

Leave a Comment