पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार शुरु

Sambad desk
पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार शुरु

काठमाडौँ, १७ वैशाख : पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजन दिनुपरेको छैन ।

उहाँहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित: April 30, 2021

Leave a Comment