सरकारका कानूनी सल्लाहकार रमेश बडालद्वारा राजीनामा

Sambad desk
सरकारका कानूनी सल्लाहकार रमेश बडालद्वारा राजीनामा

काठमाडौँ, असार २९ गते । सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो ।

बडालले रासससँग कुरा गर्दै भन्नुभयो, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।” सरकारको कानुनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले तीन महिना २१ दिन काम गर्नुभयो ।

सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।(रासस)

प्रकाशित: July 13, 2021

Leave a Comment