अष्ट्रेलियाले एकदिबसीय श्रृखंला जित्यो

Sambad desk
अष्ट्रेलियाले एकदिबसीय श्रृखंला जित्यो

काठमाडौं, साउन १२ गते । अष्ट्रेलियाले वेष्टइन्डिज बिरुद्धको एकदिबसीय श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक एकदिबसीय खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई छ विकेटले हराउँदै श्रृखंला आफ्नो पक्षमा पारेको हो । टी ट्वान्टी श्रृखंला भने वेष्टइन्डिजले जितेको थियो ।
वेष्टइन्डिजले प्रस्तुत गरेको १५३ रनको झिनो लक्ष्य अष्ट्रेलियाले खेल सकिन २० ओभर बाँकी छँदा मात्र चार विकेटको क्षतिमा १५३ रन बनाएर पुरा गर्यो । अष्ट्रेलियाको पारीमा म्याथ्यु वाडेले सर्बाधिक ५१ रनको योगदान दिनुभयो ।

प्रकाशित: July 27, 2021

Leave a Comment