भारतीय राजदूतावासले भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” कार्यक्रमको आयोजना गर्दै

Sambad desk
भारतीय राजदूतावासले भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” कार्यक्रमको आयोजना गर्दै

काठमाडौं | भारतीय राजदूतावास, काठमाडौंले २०७८ भाद्र २९ देखि असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रको आयोजना गर्दैछ । भाद्र २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ भयो ।

यस पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष श्री अनिल शर्मा प्रमुख अतिथिको रुपमा सरिक थिए ।

भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा वेबिनारमा सहभागी थिए । त्यस्तै नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको सो वेबिनारमा उपस्थिति थियो । वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरियो ।

संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरियो । सोही अवसरमा भारतका माननीय गृहमन्त्री श्री अमित शाह र माननीय विदेशमन्त्री डा एस जयशंकरले दिनुभएको सन्देश पनि प्रस्तुत गरियो |

पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले २०७८ भाद्र २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्नेछ । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

प्रकाशित: September 16, 2021

Leave a Comment