भारत सरकारको सहयोगमा सिरहामा ४२ लाख बराबरको राहत सामाग्री

Sambad desk
भारत सरकारको सहयोगमा सिरहामा ४२ लाख बराबरको राहत सामाग्री

नेपाल भारत महिला मैत्री समाजले विपन्न तथा घरवारविहीन परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।

भारत सरकारबाट प्राप्त राहत सामाग्री समाजले आइतबार मिर्चैयामा आयोजित एक कार्यक्रमबीच २० जना विपन्न तथा घरवारविहीनलाई प्रदान गरेको हो ।

यस्तै, ८० जनालाई पुग्ने राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई हस्तान्तरण गरिएको छ ।

महिला मैत्री समाजकी अध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद चन्दा चौधरीले ४२ लाख बराबरको उक्त राहत सामाग्री हस्तान्तरण गरिन् । राहत सामाग्रीमा सिरहाका पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट ३० वटा, सानो टेन्ट ५५ वटा, मझौला टेन्ट २५ वटा र प्लाष्टिकको गुन्द्री २०० वटा रहेकोे उनले जानकारी दिइन् ।

सांसद चौधरीले विव्यसलाई जिम्मा लगाइएको राहत वास्तविक पीडित समक्ष पुर्याउन आग्रह गरिन् । सहयोगका लागि उनले भारत सरकारलाई धन्यवादसमेत दिइन् ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो ।

प्रकाशित: September 26, 2021

Leave a Comment