शाहरुख र आर्यनको सिसाको पर्खालमा इन्टरकम कुराकानी

Sambad desk
शाहरुख र आर्यनको सिसाको पर्खालमा इन्टरकम कुराकानी

मुम्बई – लागुऔषध मुद्धामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमा छन् । उनी र उनका साथीहरु अरबाज मर्चेन्द्र र मुनमुन धमेचामाथि लागुऔषध सेवन र लेनदेनको आरोप छ ।

हालसम्म एनडीपीएस कोर्टले उनीहरुको जमानता अस्वीकार गरिरहेको छ । बिहीबारमात्र शाहरुख पहिलोपटक आर्यनलाई भेट्न जेल पुगेका थिए ।

कोभिड–१९ प्रोटोकलका कारण शाहरुखले आर्यनलाई प्रत्यक्ष भेट्न पाएका थिएनन् । बुधबारसम्म शाहरुखको परिवारलाई जेलमा आउन प्रतिबन्ध थियो । बिहीबारबाट यो प्रतिबन्ध हटेपछि शाहरुख छोरालाई भेट्न जेलमा पुगेका हुन् ।

शाहरुखले आर्यनसँग आर्थर जेलको भिजिट सेक्सनमा करिब १८ मिनेटसम्म इन्टरकम कुराकानी गरेका थिए । उनीहरु कुराकानी गरिरहँदा बीचमा सिसाको पर्खाल थियो । शाहरुखले छोरासँग कुरा गरिरहँदा उनीसँग जेलका अन्य अधिकारी पनि उपस्थित थिए ।(दैनिक जागरण)

प्रकाशित: October 21, 2021

Leave a Comment