काठमाडौंस्थित होटल एलोफ्टमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’को आयोजन

आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना

Sambad desk
काठमाडौंस्थित होटल एलोफ्टमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’को आयोजन

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, भारतीय राजदूतावास, ले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ । उक्त महोत्सवमा भारतीय सुप्रसिद्घ सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको थियो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सवको गरे ।

फुड फेस्टिभल काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पौष ४ सम्म चल्नेछ । भारतमा मात्र नभई विश्वभर ‘पृथ्वीमा स्वर्ग’ नामले परिचित कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभइ खानाको परिकारको लागि पनि परिचित छ । रमाइलो स्वादिष्ट परिकारहरूको विस्तृत प्रसारमा कश्मीरी पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदि समावेश छ ।

भारतको ७५ औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो । यो कार्यक्रम आजादीका अमृत महोत्सव इण्डियन फुड फेस्टिभल श्रृंखलाको शुरुवात पनि भारतीय राजदूतावासले जनाए ।

उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूद्वारा कश्मीरको समृद्ध सम्पदा झल्काउने साँंस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित: December 11, 2021

Leave a Comment